फु्टपाथमा सवारी साधन पार्किङ गर्न निषेध सवारी दुर्घटना न्यूनीकरणका लागि

पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जाकारी दिनुभयो । फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्नका लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको बताउँदै उहाँले आगामी दिनमा अटेर गरिएको पाइएमा अधिकतम् कारबाही गरिने जानकारी दिनुभयो । (रासस)

.

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com