सिनेमा – परी
सिनेमा प्रकार – हरर मुभी
अभिनय – अनुष्का शर्मा, परमव्रत चटर्जी
निर्देशक – प्रोसित राय
अवधी – २ घण्टा १४ मिनेट
प्रस्तावना
हिन्दी सिनेमामा हरर फिल्महरुको एउटा आफ्नै फरक शैली छ । जसका कारण उसको फरक पहिचान पनि छ । हरर फिल्ममा पुराना झ्याल–ढोकाबाट आउने डर लाग्दो आवाज र हिन्दी सिनेमामा देखाइने भूतको भेषभूषाले सबैलाई डराउँछ । तर अनुष्का शर्माको यो फिल्ममा यी कुराहरु सहज ढंगबाट देखाइएको छ । फिल्म शुरूवातको ३० मिनट मन्दगतिमा अगाडि बढ्दछ । यो फिल्ममा सामान्यतया डर लाग्दा फिल्महरुको जस्तो भूतको नाटक नहुनु नै यो फिल्मको विशेषता हो ।
कथा
‘परी’ कथा हो रूखसाना (अनुष्का शर्मा) को । जो जंगलमा आमाका साथ सुनसान झोपडी बस्छिन् । एक दिन उसकी आमाको दुर्घटनामा मृत्यु हुन्छ । र रूखसाना अर्णव चटर्जी (परम व्रत), जसको कारसँग उसकी आमाको दुर्घटना भएको हुन्छ । उसको घरमा नाटकीय घटनाका माध्यमबाट पुग्छिन् । यसबीचमा एक खतरनाक र रहस्यमयी एक आँखा भएको डाक्टर हासिम अली (रजत कपूर) रुखसानालाई मार्न मौका कुरिरहेको हुन्छ !
एक दिन रुखसानालाई विभिन्न स्थानमा खोजी गर्दै गर्ने क्रममा हासिम अली आप्mना सहयोगीका साथ अर्नबको कार्यालयमा पुगेर रुखसानाका बारे केही बताउँछ । उसको कुरा सुनेर अर्नबलाई जमिन भाँसिएझै लाग्छ । यही कथाको वरीपरी घुमेको छ फिल्म ‘परी’ ।
भूमिका
अनुष्का शर्माको उत्कृष्ट अभिनययुक्त फिल्मका रुपमा यो फिल्म हेर्न सकिन्छ । तपाई अनुष्काको प्रशंसक हो भने उनको नयाँ अवतार हुर्न तपाईका लागि नयाँ अनुभव हुनेछ । यो फिल्ममा अनुष्का शर्मा, प्रम्बरता चटर्जी र रजत कपूरको दमदार अभिनय तपाईको मन बहलाउन सहयोगी हुने छ ।
निर्देशन
निर्देशक प्रोसित रायको निर्देशन प्रशंसायोग्य छ । फिल्ममा सस्पेंसलाई अनेक कोणबाट छायांकन गरिएको छ । कयौं स्थानमा डराउने पाश्र्वसंगीत छ, जसले साँच्चै नै मनमा डर उत्पन्न गराइदिन्छ । त्यस्तै कयौं दृश्यहरु वास्तविक डर लाग्दा छन् ।
संवाद
फिल्मका केही संवाद मनमा डर उत्पन्न गराउँछन् भने केही संवादले दर्शकलाई हसाउँछन् पनि । तर केही संवादहरु अस्वाभाविक पनि छन् ।
(बलिउड बबल डटकमबाट)

English
MTV NEPAL MTVNEPAL


