प्रधानमन्त्री ज्यू, देश अर्थबिनाकाे बडेमानकाे माला भिराईदिने ‘चाकडी’हरुबाट बन्दैन।

दोश्रो पटक प्रधानमन्त्रि बने लगत्तै केपी शर्मा ओलिको सबै तिरबाट प्रसंसा हुन थालेको छ । नेपाली जनताले उहाबाट धेरै आशा र अपेक्षा पनि गरेका छन । अघिल्लो पटक उहा प्रधानमन्त्रि हुँदा देखाएको सपना पुरा होस् भनेर आम सर्बसाधरणले खुशी मनाउनु कुनै ठुलो कुरा हैन । तर बिभिन्न भेशधारी ब्यापारिहरु, दलालहरु, ठगहरु पनि प्रधानमन्त्रि कै वरिपरि घुमेर ठुला ठुला माला र बुकी बोकेर बालकोट धाउन थालेको प्रती सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।
 
केही समय अगाडि चुनाव प्रचारको क्रमका ओलिले ब्यक्त गरेका भावनाहरु, देखाएको मार्ग र नेपालको आर्थिक सम्व्रीद्दिको योजनालाई आम जनताले चासोका साथ हेरेका थिय र आफ्नो अभिमत उनको पार्टिलाई दिएका थिए । त्यसै गरी भारतले नाकाबन्दी गर्दा त्यसको डेटर प्रतिरोध, राष्ट्रियताको पक्षमा बुलन्द आवाज, भारत सँगको परनीर्भता अन्त्य गर्नको लागि चिन सँगको पारवाहन सन्धि लगायतका कुराहरुबाट नेपाली जनता केपी ओलिप्रती आश्वस्त थिए ।
तर भारतीय बिदेश मन्त्रिको आगमन सँगै उहाको आलोचना बढन थालेको थियो । कांग्रेस नेता विश्वप्रकाश शर्माले स्वराज फर्केलगत्तै आफनो फेसबुकवालमा चुनावअघि भारतविरोधी छवि बनाएर मत लिएपनि अहिले राष्ट्रवादको तावा सेलाएको बताएका छन । यसैगरि कांग्रेसले भारतको मन्त्रीलाई भेटेको भए ओली र एमालेले के भन्थ्यो होला ? भनेर उनले प्रश्न पनि गरेका थिए भने हिजो आज प्रधानमन्त्रि ओलिको स्वागतमा हुने गरेका कार्यक्रम तथा उनलाई बधाई दिने नाममा भेटन जाने मानिसहरु प्रती पनि सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।
प्रधानमन्त्रि ओलीलाइ अहिले बिभिन्न ब्यक्तिहरुले प्रभाबमा पर्नको लागि उपहार तथा बधाई दिने नाममा आफ्नो स्वार्थ पुर्ती गर्न लागेको सन्दर्भमा ओलीलाइ सचेत गराउदै एक युबाले यसरी आफ्नो भावना फेसबुकमा राखेका छन – प्रधानमन्त्री ज्यू,
देश अर्थबिनाकाे बडेमानकाे माला भिराईदिने ‘चाकडी’हरुबाट बन्दैन। यि फूल फूलाउने मेहनतिहरुबाट बन्छ। बुझ्नु भाे नि कुराे?
THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com