प्रधानमन्त्रीको घोषणाः यो सरकारले आतंकवाद नियन्त्रण गरेरै छाड्छ

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आतंकवाद नियन्त्रण गर्ने दाबी गरेका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको आतंकवाद सह्य नहुने बताए ।

‘अहिले केही व्यक्तिहरु, स–साना अपराधिक समूहरु, स–सना संगठनहरु आतंक मच्चाउनतर्फ लागेका छन्’, नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको नाम नलिई उनले भने, ‘चन्दाको व्यापार गरिरहेका छन् । यो कुरा वर्तमान सरकारलाई सह्य हुँदैन । हामी जसरी पनि यसलाई नियन्त्रण गर्छाैँ ।’

अहिलेको समय हिजोको जस्तो नभएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले यस्ता खालका गतिविधिको कुनै अर्थ नरहेको बताए । उनले अब देशमा कानूनी राज हुने उल्लेख गरे । जसरी पनि आपराधिक व्यक्ति र समूहलाई नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको उद्घोष छ ।

‘अब नयाँ संकल्प र उचाईका साथ अघि बढ्नुपर्ने बेला आएको छ, लामो समय राजनीतिक अधिकारका लागि लड्यौँ, अधिकार प्राप्त भए’ ओलीले भने, ‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ, जनता सर्वाभौम सत्ता सम्पन्न छन्, यसको सही उपयोग, सही प्रयोगका लागि संरचाना पनि तयार गरेका छौँ, अब उपलब्धीहरुलाई संस्थागत गर्दै, वास्तविक रुपमा कार्यान्वय गर्दै, राष्ट्रिय हितको संरक्षण र सम्वद्र्धन गर्दै देशको शिर माथि उठाउँदै जाने बेला भएको छ ।’

सरकारको सम्पूर्ण ध्यान विकासमा केन्द्रीत गुर्नपर्ने अवस्था आएको भन्दै उनले सुशासन कायम गर्ने, भ्रष्टाचार समाप्त पार्ने बताए । ‘अब हामीले सम्पूर्ण ध्यान विकासमा केन्द्रीत गर्नुपरेको छ, सम्वृद्धिको यात्रामा अघि बढ्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि सुशासन हुनैपर्छ, भ्रष्टारलाई समाप्त पार्नैपर्छ, कानूनको राज बनाउनुपर्छ ।’

सरकारले सबैलाई सुरक्षा र उत्तिकै सम्मान दिने, सामाजिक सद्भाव बढाउने र  राष्ट्रियताको रक्षा गर्ने किसिमले काम गर्ने ओलीले बताए । ‘सरकार देशको विकासका निम्ति हो, जनताको सेवाका निम्ति हो, त्यस भावनाका साथ हामी अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘संसदको ठूलो समर्थन र विश्वासका साथ बनेको यो सरकारले सुशासन, स्वच्छता, कानुनको राज र विकासतर्फको यात्रामा अघि बढ्छ, एकजुट भएर देश विकासका लाग्छौँ ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com