प्रदेश ६ को पहिलो बैठक माघ २१ गते बस्दै

१५ माघ, सुर्खेत । आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश अधिवेशनको मिति तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश ६ को पहिलो बैठक माघ २१ गतेका लागि बोलाउने निर्णय गरेको छ ।

प्रदेशसभा कार्यालयका सचिव भरतबहादुर ढुंगानाले २१ गते दिउँसो १ बजेका लागि ६ नम्बर प्रदेशको पहिलो अधिवेशन आह्वान गरिएको जानकारी दिए ।

सुर्खेतस्थित सिँचाई डिभिजनको सभाहलमा अधिवेशन हुनेछ । शैक्षिक तालिम केन्द्र तयार भइनसकेकाले तत्काल अस्थायी रुपमा सिँचाइ विकास डिभिजनको सभाहलमा अधिवेशन गर्न लागीएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com