नेकपा एमालेले चार नम्बर प्रदेशको प्रदेशसभाको संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङको नाममा सहमति गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलको विशेष उपस्थितिमा आइतबार भएको छलफलले पृथ्वीसुब्बाको नाममा सहमति गरेको हो। आइतबार बिहान पोखराको लेकसाइडमा महासचिव पोखरेलसहित मुख्यमन्त्रीका आकांक्षी द्वय किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङसहितको गोप्य बैठकले यस्तो निर्णय गरेको हो।
यसको केही बेरेमै औपचारिक घोषणा गर्ने एमाले कास्कीका एक नेताले नेपालखबरलाई बताए। दुई नेताका बीचमा औपचारिक सहमति भएको कुरा बाहिर नआएका कारण निर्वाचन आयोगले भने निर्वाचनको गतिविधि अगाडि बढाएको पनि ती नेताले जानकारी दिए।

English
MTV NEPAL MTVNEPAL


