प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै

:२२ मंसिर ।  टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्।

कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले ‘नाइट भ्वाइस प्याक’, कसैले ‘माई फाइभ’, त, कसैले ‘स्पेसल टक प्याक’ योजना ल्याएका छन्। यस किसिमका विभिन्न भ्वाइस कल योजना कम्पनीले ग्राहकलाई प्रस्तुत गर्दा सबैभन्दा फाइदा ग्राहकलाई पुगेको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनाल बताउँछन्। उनका अनुसार कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याइएका यस्ता अफरमा साधारण कलमाभन्दा कल रेट केही सस्तो हुँदै गएको छ। यसले प्रत्यक्ष प्रभाव ग्राहकलाई परेको हो।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com