काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रको मत ४ हजार ४८ पुगेको छ । यद्यपी कांग्रेसका प्रकाशनमान सिँहले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सिंहले ४ हजार ६१७ मत ल्याएका छन् । मिश्र र सिंहबीच ५ सय ६९ मतान्तर मात्रै छ । तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले १ हजार ८८३ मत ल्याएका छन् ।

English
MTV NEPAL MTVNEPAL


