पृथकतावादीको नियन्त्रणमा यमनको दक्षिणी सहर अदेन

सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले यमनको दक्षिण सहर अदेनलाइ आफ्नो नियन्त्रणमा लिएका छन् ।
यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् ।

सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् ।

यमनको सरकारले अदेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । त्यहाँको राजधानी सनालाई सन् २०१५ मा हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि अदेनलाई राजधानी बनाइएको थियो ।

त्यसयता विद्रोही र सेनाबीच भएको संघर्षमा ९ हजार २४५ जनाको मृत्यु भइसकेको छ भने ३० लाख मानिस घाइते भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com