नेपाल चलचित्र विकास बोर्डले केहि पुराना नेपाली चलचित्रको संरक्षण गर्ने उद्देश्यले चलचित्रलाई डिजिटाइजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । सबैभन्दा पहिले नेपाली चलचित्र ‘आमा’सहित १२ वटा चलचित्रलाई डिजिटाइजेशन गर्न लागिएको हो । पुराना चलचित्रहरुलाई डिजिटाइजेशन गरि २ के र ४ के फम्र्याटमा ल्याउने तयारी गरिएको हो ।
यसबाट पुराना चलचित्रहरुलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ । पुराना चलचित्रहरुलाई डिजिटाइजेशन गर्नका लागि बोर्डले समिती बनाएको छ ।
यस्तै, नेपाली चलचित्रको गौरवमय इतिहासलाई सर्वसाधारणसम्म पुर्याउने उद्देश्यले चलचित्र संग्रहालयको स्थापना पनि गरिने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले जानकारी दिइन् ।
यस्तै, बोर्डले आगामी असार १२ गते चलचित्र विकास बोर्डको बाषिर्कोत्सवको अवसरमा नेपाली चलचित्रको निर्माण, उत्पादन सुरु भएको ५० बर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सत्ताहाव्यापी रुपमा ती चलचित्रहरुलाई ‘फिल्म फेस्टिभल’को रुपमा प्रदर्शन समते गर्ने तयारी गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


