नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन

४ पुस । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन भएका छन् । गत १५ डिसेम्बरमा युएईको राजधानी अबुधाबीमा भएको चौथो अधिवेशनले काउचाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण समेत गरेका छ । मोर्चाको नयाँ समितिको उपाध्यक्षमा कमल पोखरेल, महासचिवमा केदार लम्साल, प्रथम सचिवमा प्रेमा सुब्बा, द्वितीय सचिवमा अर्जुन खड्का, कोषाध्यक्षमा नारायण खनाल, सहकोषाध्यक्षमा दमन्ता मगर र प्रवक्तामा दिनेश नेपाल सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी, कमल तामाङ, ओम पराजुली, कैलाश खाम मगर, ज्ञानु सुनुवार, थानप्रसाद डुम्रे, नेत्र कुमार लामा, पदम महत, प्रकाश वन्जाडे, विकाश मगर, बुनु मगर, राजीव सुनुवार, सन्ध्या थापा, सविन खड्का, तिला परियार, शेरबहादुर खड्का, हरि कुँवर र नवीन अधिकारी केन्द्रीय सदस्यमा छानिएका छन् ।

शमर खत्रीको संयोजकत्वमा पृथीछक बुढा मगर, कवि गुरुङ, विष्णु भण्डारी, प्रहारसिंह तामाङ र पशुपति खड्का रहेको सल्लाहकार समिति पनि मोर्चाले सोही अधिवेशनमा गठन गरेको छ । अधिवेशनको अवसरमा सामना परिवारले विविध जनवादी सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो भने विभिन्न क्षेत्रमा रही सामाजिक काममा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com