नेपाली चार दाजुभाईको नयाँ विश्व कीर्तिमान ।

काठमाडौँ – विश्वको तेस्रो अग्लो शिखरमा चिनिने कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । स्थान मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहानै ६ बजे कञ्चनजंघा शिखरमा पुगी किर्तिमान बनाउन सफल भएका छन् । एउटै घरका उनीहरु माइला, साइँला, काइँला र कान्छा दाजुभाइ हुन् । साथै सगरमाथाको उचाइ नापी विभागको टोली पनि बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथा शिखरमा पुगेका छन् र विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए । टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए ।सोलुखुम्बु थामेका ४९ वर्षीय कामीरिता शेर्पाले २४ औं पटक सगरमाथाको चुचुरामा पाइला टेक्दै नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले एकै सातामा दुईपटक सगरमाथा आरोहण गर्दै उक्त रेकर्ड बनाएका हुन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com