नेपालगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

नेपालगञ्ज, माघ ३ – नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ८५ करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा चार अर्ब २१ करोड ४७ लाख ७४ हजार रुपैयाँ संकलन गरेको हो ।

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com