नुहाउने क्रममा चिप्लिदा ट्रिपर चालक सुनकोशीमा बेपत्ता

महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेको समयमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी चौकी भण्डारेघाटका प्रहरी टोली परिचालन गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com