नम्रता र अनुपको ‘जाइरा’ आउने

नायक अनुप विक्रम शाही चलचित्रमा नायक भन्दा पनि खलनायकको रुपमा जमिरहेका छन् । धेरैले उनलाई ‘ह्यान्डसम भिलेन’ पनि भन्छन्।
अनुपले चलचित्रको पर्दामा धेरै नायिकासँग रोमान्स गरिसकेका छन् । अब, उनी पहिलो पटक नायिका नम्रता श्रेष्ठसँग काम गर्ने तयारीमा छन् । चलचित्र ‘पर्व’मा काम गरिसकेपछि नायिका नम्रता श्रेष्ठलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । त्यसपछि, नम्रताले नयाँ चलचित्र साइन गरेका खबर पनि सार्वजनिक भएका थिएनन्।
तर, नम्रता नयाँ चलचित्र ‘जाइरा’का लागि तयारीमा लागेको वुझिएको छ । यो चलचित्र बक्सिङको कथामा आधारित छ । जसमा नायक अनुप र नायिका नम्रताको जोडी देख्न पाइनेछ ।
आशुतोष श्रेष्ठले यो चलचित्रको निर्देशन गर्दैछन् । वुझिएनअनुसार, चलचित्रको छायांकन सुरु हुन अझै केहि महिना लाग्नेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com