दक्षिण कोरियाको अस्पतालमा आगलागी

माघ १२ । दक्षिण कोरियाको दक्षिण पूर्वी मिरयाङमा अवस्थित एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ ।

आगो लागीमा परी अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ ।

आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com