काठमाडौं– हिज आज जताततै तिजको दरको कार्याक्रम भईरहेको छ । नेपाली नारीहरुको लागि यो चाँढ अत्यन्तै महत्वपूर्ण मानिन्छ । पहिला यो चाँढलाई मात्र तिजको एक दिन अगाडि मनाइने गरिन्थयो । पहिला ३ दिन मात्र मनाइने यो पर्वलाई आजभोलि १ महिना अगाडि नेै मनाईन्छ । तिजको दिन सम्म नै दर खाने कार्याक्रम आयोजना गरी नारी लगायत पुरुष पनि रमाउने गरेका छन् । यो कार्याक्रममा आफन्त साथी भाई सबैलाई जम्मा गरेर मिठा मिठा कुरा खाने ,नाच गान गर्ने गरिन्छ । आज एक दिन साथीकोमा ,भोलि आफन्तकोमा गरी पालै पिलो दर कार्याक्रम गरिन्छ । मानौ यो एक किसिमको चलन नै भईसकेको छ ,हिन्दू नेपालीहरुलाई –। तिजको एकदिन अगाडि टन्न दर खाने र भोलि बिहान आफना श्रीमान्को लागि एक थोपा पानी नखाई ब्रत बस्ने चलन आई रहेको छ । तिजको दिन नेपाली हिन्दू नारीहरु बडा सुन्दर रातो सारी र गहनाले सजिने गर्छन् । तर आजभोलि अगाडि नै यो रुप हेर्न पाइन्छ । नेपाली समाजले यो पर्वलाई जोगाएर राख्ने नै छन् । तर यो पर्व विदेशमा पनि बडा रमझम रुपले मनाईरहेका छन् । विदेशमा पनि आफनो नेपाली दिदिबहिनी जम्मा भएर यो पर्व एक महिना देखि नै मनाउन थालेका छन् । नेपाली भएर आफ्नो संस्कृति जोगाई राख्नु नै ठुलो कुरा हो ।

English
MTV NEPAL MTVNEPAL


