डेंगीबाट बचाउन काठमाडौं महानगरको अभियान ,, जिज्ञासा राख्न २४ सै घण्टा हटलाइन सेवा

काठमाडौँ महानगरपालिकाले हालसम्म २६९ वटा वडास्तरीय सचेतना ¥याली सम्पन्न गरेको छ । बर्षायाममा लामखुट्टेबाट सर्ने डेंगी रोग लाग्नवाट बचाउन महानगरले डेंगी लार्भा खोज र नष्ट गर्ने अभियानहरु सञ्चालन गर्दै आएको छ ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था, क्लब लगाएतको सहभागितामा प्रत्येक बुधवार बिहान ८ः०० बजेवाट ९ः३० सम्म नगरका सवै वडाहरुमा यो अभियान निरन्तर चलाइरहेको छ । विशेष गरी श्रावण, भाद्र, असोज र कात्र्तिक सम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइएको भन्दै रोगवाट बचाउन महानगरले विशेष प्रयत्न गरिरहेको छ ।
महानगरले डेंगी रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै 1180 नं. को हटलाइन २४ सै घण्टा चालु रहने छ भने 102 बाट निसुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने सुविधा पनि उपलब्ध गराएको छ । डेंगी रोग लागि हालेमा वडामा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकहरुमा प्रयाप्त मात्रामा सिटामोल, जिवनजल लगायत आवश्यक औषधिको प्रबन्ध मिलाईएको महानगरले जानकारी दिएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com