डिजिटल करेन्सी एक्सचेन्जबाट ह्याक गरेर करोडौं सम्पत्ति चोरी

 

काठमाडौं, माघ १४ । जापानमा एक डिजिटल मनी एक्सचेन्जबाट करोडौं सम्पत्ति चोरी भएको छ ।

जापानको प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको हो ।

घटनाबारे छानबिन सुरु भएको छ । क्वाईनचेकले चोरी भएको डिजिटल करेन्सी फेला पार्ने प्रयास गरिरहेको छ भने कुन डिजिटल ठेगानामा करेन्सी पठाइएको छ भन्ने जानकारी आफूसँग रहेको कम्पनीले जनाएको छ ।

क्वाईनचेकले तत्कालका लागि आफ्नो सम्पूर्ण कारोबार बन्द गरेको छ ।

ह्याकरले नेटवर्कमा प्रवेश गरी करेन्सी चोरी गरेको ८ घण्टापछि मात्रै थाहा भएको थियो ।

यसअघि सन् २०१४ मा टोकियोस्थित अर्को डिजिटल करेन्सी एक्सचेन्ज एम्टीगक्सको नेटवर्कबाट ४० करोड अमेरिकी डलर चोरी गरिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com