जनार्दनलाई उर्जा मन्त्रालयको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको स्रोतले जनाएकोे छ । माओवादीनिकट स्रोतका अनुसार मन्त्रीको नामवली अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेका छन् । प्रचण्डले बुझाएको लिस्टमा माओवादीका तर्फबाट गृह मन्त्रालयसहित महासचिव रामबहादुर थापा ‘बादल’ले सरकारमा नेतृत्व गर्ने भएका छन् । त्यस्तै काठमाडौं उपत्यका लगायतका क्षेत्रमा लोडसेडिङ अन्त्य गरी चर्चा कमाएका जनार्दन शर्मालाई पुनः ऊर्जा मन्त्रालयकै जिम्मा दिइने भएको छ ।

यसैगरी वर्षमान पुनलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने मातृका यादवलाई वन तथा भूसंरक्षण मन्त्री बनाइने भएको छ । स्रोतका अनुसार गिरीराजमणि पोखरेललाई स्वास्थ्य अथवा शिक्षामन्त्री बनाउने सम्भावना रहेको छ भने प्रचण्डकी बुहारी बिना मगरलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने बुझिएको छ । साथै नेता शक्ति बस्नेत, देव गुरुङ र देवेन्द्र पौडेलको नाम पनि मन्त्री बन्नेमा चर्चामा रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com