चीन र बंगलादेशबाट राष्ट्रपतिलाई बधाई

चीनका राष्ट्रपति सी चिनफिङले विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकामा  बिहीबार बधाइ ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीलाई बिहीबार पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अतिमहत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग बिहीबार अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाइ सन्देश हस्तान्तरण गरेकी थिइन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि बिहीबारै राष्ट्रपति भण्डारीलाई बधाइ सन्देश पठाउँदै पारस्परिक लाभका लागि बंगलादेश–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति भण्डारीसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com