किन अस्ताउदैछन् त सिनेमा क्षेत्रका यी चर्चित हस्तीहरु?

समय महान छ यसले जसलाई पनि आफ्नो नियन्त्रणमा पार्न सक्छ । यस कुरा लाइ जोडेर नेपाली सिनेमा क्षेत्रका केही समयअघिका चर्चित हस्तीहरु अहिले त्यस क्षेत्रमा बिरल मात्रमा देखिन थालेका छन् । जुन समय तिनको एकछत्र शासन थियो नेपाली सिने क्षेत्रमा तर अहिले नयाँ पात्रहरुको आगमनसँगै ती पुराना खेलाडीले विस्तारै मैदान छाड्न थालेका छन् । जसमध्ये नेपालले महानायकका रुपमा चिन्दै आएको नेपालका एक चर्चित नायक राजेश हमाल पनि यस क्षेत्रबाट विस्तारै पलायन हुन थालेको आभास हुन थालेको छ । नेपाली सिनेमा क्षेत्रको लामो समयदेखि योगदान दिएका हमालका थुप्रै सिनेमाहरु बजारमा आइसकेका छन् । तर पछिल्लो समयमा उनको उपस्थिति पनि निकै पातलिदै गएको छ । स्वर्गीय दीपक रायमाझी निर्देशित फिल्म ुयुगदेखि युगसम्मुबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हमालले धेरै सफल फिल्म दिइसकेका छन्। हमालले ुकसमु, ुगोरेटोु, ुहामी तीन भाइु, ुअपराधु, ुदेउताु, ुभाउजुु, ुबसन्तीु, ुअल्लारेु, ुकृष्ण अर्जुनुलगायत १७० बढी फिल्ममा अभिनय गरेका छन्। कुनै एउटा समय थियो, जुन बेला राजेशको टाउको बिक्थ्यो। मतलब, जुन फिल्मको पोष्टरमा उनको टाउको देखिन्थ्यो, दर्शकको भीड त्यतै लाग्थ्यो। तर, अहिलेको त्यो अवस्था देखिँदैन। हमाल अहिले फिल्म क्षेत्रबाट टाढा छन्। हमालका पछिल्लो समय प्रदर्शनमा आएका फिल्म ुवाग्मतीु र ुशकुन्तलाु दुवै फ्लप भए। फिल्म फ्लपको डर र दर्शकले उनलाई पत्याउन छाडेको भान उनमा भयो होला, उनी अहिले फिल्म क्षेत्रबाट अलिक टाढा छन्। हमाल एउटा उदाहरण हुन्। हमाल जस्तै फिल्म क्षेत्रमा कुनै समय राज गरेका नायकहरू पनि फिल्म क्षेत्रबाट टाढा छन्। यहाँ त्यस्ता पाँच नायकको चर्चा गरिएको छ, जो कुनै समय हिट थिए तर अहिले फिल्म क्षेत्रबाट टाढा छन्।

विराज भट्ट

एक्सन नायकको उपमा पाएका नायक हुन्, विराज भट्ट। विराज अहिले नेपाली फिल्म क्षेत्रबाट टाढा छन्। फिल्म ‘अग्निपथ’बाट नेपाली फिल्ममा डेब्यु गरेका विराजले ‘हिम्मत’, ‘देवरबाबु’, ‘खलनायक’, ‘डन’, ‘तकदिर’ जस्ता धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन्। उनको स्टारडमकै कारण पनि फिल्म सफल हुन्थे। उनको एक्सनका फ्यान पनि धेरै थिए तर नेपाली दर्शकले उनलाई खोजिरहँदा नै उनी भोजपुरी फिल्ममा अभिनय गर्न थाले र नेपाली फिल्म छाडे। गत वर्ष विराजले नेपाली फिल्म क्षेत्रमा कम ब्याक गरे, फिल्म ‘जय पर्शुराम’बाट उक्त तर फिल्म फ्लप भइदियो। विराजलाई दर्शकले रुचाएनन्। त्यसैले पनि अहिले विराज पुन: नेपाली फिल्म क्षेत्रबाट अलप जस्तै बनेका छन्। तर उनी भोजपुरी फिल्ममा व्यस्त छन्।

जीवन लुइँटेल

नायक जीवन लुइँटेल पनि अहिले फिल्म क्षेत्रबाट टाढा छन्। फिल्म क्षेत्रमा उनको उपस्थिति पातलो हुँदै गएको छ। धेरै सफल फिल्ममा काम गरेका जीवनका पछिल्ला फिल्महरू असफल भएसँगै उनी फिल्म क्षेत्रबाट टाढा देखिन थालेका छन्। फिल्म ‘तिर्खा’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका उनले धेरै सफल फिल्ममा काम गरेका छन्। उनले अभिनय गरेका ‘नाइँ नभन्नू ल’, ‘सानो संसार’, ‘कसम हजुरको’, ‘अन्दाज’, ‘ठूली’, ‘राधा’ आदि सफल फिल्मको सूचीमा पर्छन्। तर पछिल्लो समय उनी अभिनित फिल्मले कुनै तहल्का मच्चाउन सकेका छैनन्। ‘काफल पाक्यो’, ‘भुलभुलैया’, ‘सुब्बा साप’ लगतार फ्लप भए, जसले गर्दा उनको स्टारडम ओरालो लागेको अनुमान लगाउन सकिन्छ। अहिले जीवन कुनै फिल्ममा काम गर्दै छैनन्।

रमित ढुंगाना

लामोलामो कपाल अनि मिलेको अग्लो शरीर, नायक रमित ढुंगानाको पहिचान थियो। धेरै सफल फिल्ममा काम गरेका उनी फिल्म क्षेत्रमा निकै रुचाइका नायकमा पर्थे। तर रमित लामो समयदेखि फिल्ममा देखिएका छैनन्। फिल्म ‘माया नमार’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘धड्कन’, ‘शक्ति’, ‘जीवन मृत्यु’, ‘देवर बाबु’, ‘बिदाइ’, ‘दुर्गा’, ‘धुम’लगायत धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन्। पछिल्लो समय उनले फिल्म ‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाए। उक्त फिल्ममा उनी आफैँ मुख्य भूमिकामा प्रस्तुत भएका थिए तर फिल्म चलेन। त्यसयता रमित कुनै फिल्ममा देखिएका छैनन्।

धीरेन शाक्य

धीरेन शाक्य लामो समदेखि फिल्मको पर्दामा देखिएका छैनन्। ‘चट्टान’, ‘सिमाना’, ‘मैले भुल्नै सकिन’, ‘दाग’, ‘जमिन’, ‘दुश्मनी’, ‘ज्वालामुखी’लगायत फिल्ममा अभिनय गरेका धीरेन कुनै समय एकदमै चर्चित थिए। म्युजिक भिडियोमा पनि उत्तिकै चर्तित उनी अहिले भने लगभग गुमनाम बनिसकेका छन्।

राजवल्लभ कोइराला

नायक राजवल्लभ कोइराला पनि फिल्म क्षेत्रमा रुचाइएका नायक हुन्। तर उनी लामो समयदेखि नेपाली फिल्मको पर्दामा देखिन छोडेका छन्। रेडियोकर्मी हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका राजवल्लभले पनि धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन्। ‘पर्खी बसें’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘छाडी गए पाप लाग्ला’, ‘ऋतु’, ‘किन लाग्छ माया’, ‘पल’, ‘अपवाद’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन्। नेपाली फिल्मका दर्शकका लागि राजवल्लभ नयाँ नाम लाग्न थालिसकेको छ। फिल्म क्षेत्रबाट टाढा रहेका राजवल्लभ लामो समयदेखि अमेरिका बसोवास गर्दै आइरहेका छन्। उनले हालै मात्र अमेरिकामै विवाहसमेत गरेका छन्।

 

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com