कालिमाटीको मूल्यसूचीबाटै गायब भयो प्याज ,,अभाव कि मुल्य बढाउने मेसो ? व्यापारिक कालोबजारीले उपभोक्ता संधै मारमा ,सरकार मौन

भारतले प्याजको निर्यात कर ४० प्रतिशतले बढायो त्यो पनि एकै पटक …जसको प्रत्यक्ष असर नेपाली तरकारी बजारमा पनि परेको छ । काठमाडौंको सबैभन्दा ठुलो कालीमाटी फलफुल तथा तरकारी बजारले त आफ्नो दैनिक मुल्य सुचिबाटै प्याजलाई बहिष्कार गरेको छ ।

दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेकोमा सोमबारदेखि प्याज आउन छाडेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो । ७८ रुपैयाँमा भएको कारोबार भएको प्याज समेत आइतबारको स्टक रहेको उहाँले जानकारी दिनुभयो ।

अनौपचारिक माध्यमबाट भने प्याज आइरहेको भएपनि महँगो भनेर व्यवसायीले नै प्याज ल्याउन मानिरहेको छैनन् । मुल्यसुचिबाट हटाइएपनि कालिमाटीमा हरियो प्याज भने प्रतिकिलो २२० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता नेपाल आलु प्याज संघका अध्यक्ष मोहन बानियाँले भने दुई दिन प्याजको आयात रोकिएको भएपनि आज साँझदेखि भारतिय प्याज पुनः नेपाली बजारमा भित्रिने जानकारी दिनुभयो ।

यसबिचमा नेपालमा अब व्याजको कालोबजारी पनि सल्बलाउन थालेको छ । भारतले कर बढाउने बित्तिकै नेपालका व्यापारीहरुले पहिल्यै खरिद गरि राखिएको प्याजको समेत चर्को मुल्य असुलेर बेच्ने गरेका छन् । हुन त गोदाममा सामान स्टक राखेर बजारमा कृतिम अभाव देखाई पछि त्यहि वस्तुलाई महँगोमा बेच्नु व्यवसायिका लागी नौलो कुरा त होईन तर पटकपटक यस्ता गतिविधिप्रति राज्यको ध्यान नजानु दुखद कुरा हो । उपभोक्ता कै निम्ति गठन गरिएका विभिन्न उपभोक्त समिति , उपभोक्ता संरक्षण मञ्च जस्ता संगठनहरु पनि पैसामुखि बनिदिँदि नेपाली उपभोक्ताहरु संधै मारमै पर्दै आईरहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com