कामु प्रधानन्यायाधीश जोशी र प्रचण्डबीच गोप्य वार्ता

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ गोप्य वार्ता गरेको खुलासा भएको छ ।

ललितपुरको खुमलटारस्थित निवासमा कायम मुकायम प्रधानन्यायाधीश जोशीले दाहालसँग वार्ता गरेको उच्च स्रोतले जनाएको छ । जोशी र दाहालबीच के विषयमा वार्ता भएको केही बताइएको छैन । यद्यपि, जाशीले प्रधानन्यायाधीशमा नियुक्तिका विषयमा माओवादीका अध्यक्ष दाहालसँग परामर्श गरेको हुन सक्ने स्रोतको दाबी छ ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हटाएपछि जोशीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्ने भनिएको थियो । तर, प्रधानन्यायाधीशमा नियुक्तिमा ढिलाइ भएपछि आत्तिएका जोशीले दोस्रो ठूलो सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष दाहाललाई घरमै पुगेर भेट गरेका हुन् । जोशी र दाहालको भेटवार्ताको यो घटनाले न्यायालयमाथिको छविलाई धमिल बनाएको टिप्पणी भएको छ ।

यसैबीच, कानून व्यवसायी एवम् संविधानविद् डा.भीमार्जुन आचार्यले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सो घटनाप्रति चिन्ता जनाएका छन् ।

‘एउटा खराबीको अन्त्य गर्ने नाममा खास गुटको स्वार्थपूर्तिका लागि राजनीतिक योजना अनुसार जुन तरिकाले प्रधानन्यायाधीश पदको बहिर्गमन गराइयो, त्यसको प्रत्यक्ष असर न्यायलयमा देखिन थालेको छ’, संविधानविद् डा.आचार्यले लेखेका छन्, ‘नियुक्तिका लागि भन्दै हुनेवाला प्रधानन्यायाधीशले नै नेताको घरदैलो चाहर्नुपर्ने अवस्था आउनुले न्यायालयको गरिमा र स्वतन्त्रता कहाँ पुग्ने ? लोकतन्त्र दिवस मनाइँ रहँदा यसतर्फ पनि ध्यान दिने कि ?’

संवैधानिक व्यवस्था र न्यायाधीशहरूका लागि बनाइएको आचार संहिताअनुसार कुनै पनि न्यायाधीशले राजनीतिक दलको नेतालाई घरमै गएर भेट्न पाइँदैन । तर, कामु प्रधानन्यायाधीश जोशीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेर आफ्नो नियुक्तिका विषयमा कुरा गरेको विषयलाई सामाजिक सञ्जालमा जोडतोडले बिरोध हुन थालेको छ ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायापरिषदका सचिवले पत्रमार्फत अवकास दिएपछि जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको थियो । जन्ममितिको विवाद निकालेर पराजुलीलाई प्रधानन्यायाधीश पदबाट हटाइएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com