काबेली करिडोर प्रसारण लाइन निर्माणमा ढिलाई

पाँचथर, माघ ७ । १० वर्ष अघि निर्माण प्रक्रिया थालिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पाँचथरको १ सय ३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’को निर्माणमा ढिलाइ भएको छ ।
निर्माणको कामले अपेक्षित गति नलिँदा दोस्रोपटक थपिएको समय सकिँदा पनि आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ ।
पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई मुलुकको विद्युत् प्राणालीमा जोड्ने उद्देश्यका साथ करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

करिडोर निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको हो ।
दोस्रो पटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँने भएपनि वैशाखसम्ममा पनि करिडोरको काम सकिने सम्भावना कम रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल ३ अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा काम अघि बढाइएको हो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com