काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु

काठमाडौं, माघ ७ । सुरक्षाकर्मी र बन्दुकधारीबीच अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका छन् ।

होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

घटनामा पाँच जना घाइते भएका छन् । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा भिडन्त भएको हो ।

घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

सोही होटलमा सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com