कांग्रेस नेता खड्काको आज अन्त्येष्टि गरिदैं

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव शनिबार राती काठमाडौं ल्याइएको छ ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसो १ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिने छ । १ बजे अघि निजी निवासमै श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

त्यसपछि ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आजै ११ बजे बस्दैछ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com