कक्षा १२ को उत्तरपुस्तिकाको काम रोकिएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच रोकेको हो । आन्दोलनरत हिस्टुनले आजदेखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाकारी दिएको छ । १८ बुँदे माग राख्दै हिस्टुनले १ हप्ताका लागी उत्तरपुस्तिका जाँचको काम स्थगित गरेको छ ।
राष्ट्रिय परिक्षा बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरिएको हिस्टुनका महासचिव शंकर तिवारीले बताएका छन् । २०६७ सालमा सरकारले दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि (कक्षा ११ र १२) तहमा अध्यापनरत शिक्षकहरुको समस्या समाधान हुने गरी समेटिनुपर्ने हिस्टुनको मुख्य माग रहेको छ ।
त्यसैगरी कार्यरत शिक्षकहरुले स्थायी पदका लागि खुलाइएको विज्ञापनमा सहभागी भएमा वा नभएर पनि स्थायी पदमा आयोगबाट नियुक्तिका लागि सिफारिस हुन नसकेमा त्यस्ता शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्म सेवाबाट बर्खास्त नगरी विद्यालयको नियुक्तिका आधारमा तोकिए बमोजिमको सुविधाको व्यवस्था गर्नुपर्ने साथै भविष्यमा निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समते विद्यालयका अभिलेख अनुसारको समय गणना गरिनुपर्ने लगातका माग राखेका छन् ।
हिस्टुनले अहिलेलाई १९ गतेसम्मका लागी मात्र उत्तरपुस्तिका जाँच रोकिएकोमा माग सुनुवाइ नभए अर्को चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

English
MTV NEPAL MTVNEPAL


