औषधिको मुल्य तोक्ने काम औषधि व्यवस्था विभागको हो : महानिर्देशक ढकाल ,,ल भन्नुस्.. स्ट्याम्प गरेको नक्कली Mfg Date र Expire Date चाँहि कसले तोक्छ ?

औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सन लागु गराउने दायित्व आफ्नो नरहेको बताएको छ । मंसिर १४ गते नै प्रेस्क्रिप्सन लागु गर्नुपर्नेबारे सुचना नै निकालेको विभागले अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले यो काम विभागको नभएको बताउनुभयो । “हो यसमा केहि हदसम्म हाम्रो भुमिका हुन्छ तर यसको पुर्ण कार्यान्वयन गराउने काम हाम्रो होईन । चिकित्सक संघ छ ,मेडिकल काउसिन्सल छ , नेपाल नर्सिङ काउन्सिल छ । उहाँहरुको दायित्व हो । हामीले त थोरै समन्वय मात्रै गरिदिने हो ” ।

बजारमा छ्यापछयाप्ति Expire औषधिहरु बिक्रि वितरण हुन्छ तर विभागका महानिर्देशक ढकाल औषधि व्यवस्था विभाग जस्तो जिम्मेवार निकाय अरु कुनै नभएको दाबी गर्नुहुन्छ । त्यसो भए बिरामीलाई म्याद गुज्रिसकेको औषधि खुवाउनु यहाँहरुको मुख्य जिम्मेवारी हो त महानिर्देशक ज्यु ?

औषधि व्यवस्था विभागले बजार निरिक्षणमा कमि नगरेको बताईंरहँदा बजारमा छ्याप छ्याप्ति च्याउ उम्रेसरि दर्ता नभएका फार्मेसिले जथावाभि औषधि बचेको पाईन्छ । के यहि हो निरिक्षण महानिर्देशक ज्यु ? कि त निरिक्षणमा जाँदा आँखामा कालोपट्टि लगाएर निरिक्षण गर्नुहुन्छ ?

विभागको मुख्य काम औषधिको गुणस्तरता मापन गरेर मात्रै बजारमा पु¥याउनु हो रे । औषधि गुणस्तरको कुरा गरिरहँदा कति बिरामीले म्याद गुज्रिएको औषधि खान बाध्य छन् ? कतिले त्यसरी बेचेको छन् ? गलत औषधिकै कारण कति बिरामीले मृत्युवरण गरेको छन् केहि हेक्का छ विभागलाई ?

अझ बिरामी अनावश्यक नठग्गिउन भनेर मुल्य हामीले नै मुल्य तोकेर पठाउँछौं रे । मुल्य मात्रै तोक्नुहुन्छ कि महानिर्देशक ज्यु औषधिको नक्कली Mfg Date र Expire Date पनि आफै तोक्नुहुन्छ ?

कहिले न कहिले बनेको औषधि ल्यायो । Mfg Date , Expire Date र Rs.स्ट्याम्प लायो बजारमा पु¥यायो अनि दुखि गरिब जनतालाई बेच्यो । अनि बिक्र भएन भने पनि फेरि त्यो स्ट्याम्पलाई मेट्यो अनि नयाँ Date राख्यो , बिरामीको जिवनमाथि खेलवाड ग¥यो अनि औषधि कै नाममा लुटतन्त्र मच्चायो । कति सजिलो छ है सोझा साझा जनतालाई भुक्याउन ?

नामै त Department o Drug Administration…साँच्चै नै औषधिलाई ड्रग्स जसरी वितरण गरिएको छ । त्यो औषधिको म्याद छ/छैन । बजारमा पु¥यायो । बिरामीले एकचोटी औषधि खाँदा निको हुँदैन । औषधि नै कहिले बनेको थाहा हुँदैन कसरी निको होस् । फामेर्सिमा औषधि किन्न गयो समस्या सानो भएपनि तरकारीवालाले तरकारी भिडाए जसरी औषधि भिडाएर पठाउँछन् । हुने खानेले त राम्रै ठाउँमा उपचार गर्छन निको हुन्छन् । दुख पिडा त्यहि गरिबमाथि नै । पुर्ण निको हुने गरि गरिबको उपचार हुँदैन यहाँ…. सास फेर्न पनि औषधिकै भर पर्नुपर्ने बनाईन्छ । त्यहि म्याद गुज्रिएको औषधि किन्दा किन्दा नसकेर अस्पतालमै बिरामी छोडेर हिँड्न बाध्य छन् जनता तर यहाँ कसलाई सरोकार छ र ?

औषधिको मुल्यमा अलिकति तलमाथि हुँदैमा त्यत्रो ठुलो Issue बनाउन नहुने विभागका महानिर्देशक ढकालको भनाँई छ । ए महानिर्देशक ज्यु तपाईंले पो दोहोरो कमाई गर्नुहुन्छ र अलिकति मुल्य तलमाथि पर्दा फरक नपर्ला त तर बिहान खाए साँझ के खाउँ साँझ खाए बिहान के खाउँ हुने जनतालाई त धेरै फरक पर्छ नी .. तपाईंले पो खोकी लाग्दा पनि अमेरिकामा गएर औषधि गर्न सक्ने पैसा कमाउनुभाको होला तर जनतालाई त सिटामोल किन्न पनि गाह्रो छ नि । २० प्रतिशत नाफा कमाउने अधिकार त यहाँहरुले नै दिनुभाछ नि त्यो भन्दा धेरै कति नाफा खुवाउनु ?

स्वास्थ्य क्षेत्रको विकासलाई अरु देशको विकाससंग तुलना गर्नु नहुने भन्दै महानिर्देशक ढकाल भन्नुहुन्छ “अरु देशको विकासको कुरा नगर्नुस् न । हाम्रो देशमा पनि स्वास्थ्य क्षेत्रमा विकास नै नभएको त कहाँ होर । विस्तारै हुँदै जान्छ । यसलाई त्यति नकारात्कमताको भावले मात्रै हेर्नुहुँदैन ।”

त्यसो भए कहिले विकास हुन्छ तपाई नै भन्दिनुस् न महानिर्देशक ज्यु .. अरुको क्षेत्रको कुरैं नगरौं औषधि व्यवस्था विभागको जिम्मेवारि लिनुभएको पनि धेरै भयो त …ल भन्नुस् आजसम्म तपार्ईले नै के के शुधार गर्नुभयो ? बिरामीले साँच्चिकै खान योग्य औषधि पाईरहेका छन् ? बिमा कार्ड लिएर अस्पताल गयो भने रोग निको भएर घर फर्कने दिनसम्म पालो आउँदैन बिरामीको .. के यहि हो बिकास ? अझैं कति झुक्याउनुहुन्छ जनतालाई ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com