एनएसका लागी ग्यास उद्योगले दिए आवेदन

बोटलिङ प्लान्टहरूले गुणस्तर मापदण्ड पालना नगर्दा जोखिम र दुर्घटनाका घटना हुन थालेपछि एक महिनाअघि विभागले मापदण्ड पालना गर्न सबै ग्यास उद्योगहरूलाई आग्रह गरेको थियो ।

एनएस नलिएकालाई सञ्चालन अनुमति नदिन नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो ।
तर पनि ग्यास उद्योगीहरुले अटेरी गरेर पत्राचारको बेवास्ता गरेका थिए, तर अब सरकारले गुणस्तर मापदण्ड पूरा नगर्ने ग्यास उद्योग बन्द गर्ने चेतावनी दिएपछि उद्योगीहरूले नेपाल गुणस्तर चिह्न प्रमाणपत्र (एनएस) का लागि आवेदन दिएका छन् ।
हालसम्म चारवटा ग्यास उद्योगले मात्रै गुणस्तर मापदण्ड पूरा गरेका छन् । त्यस्तो मापदण्ड पूरा गर्ने नेपाल ग्यास उद्योग, साइबाबा ग्यास उद्योग, मनोज ग्यास उद्योग र श्रीकृष्ण ग्यास उद्योग छन् । विभागकी प्रवक्ता रोमी मानन्धरले गुणस्तर चिह्न नलिएका बाँकी ५३ वटै ग्यास उद्योगले एनएस चिह्नका लागि कागजात विभागमा पेश गरेको जानकारी दिइन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् ।
कागजात नपुगेका उद्योगलाई छिटो पेश गर्न पत्राचारसमेत गरेको उनले बताइन् ।

विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिह्न लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर एक वर्ष बितिसक्दा पनि आग्रह पालना नगरेपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com