एकै व्यक्तिलाई चार पटक फाँसी

लाहोर ६ बर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्या गरेको अभियोग लागेका २४ बर्षीय इमरान अलीलाई पाकिस्तानको एउटा अदालतले चार पटक फाँसीको फैसला सुनाएको छ ।

जईनब अन्सारीको मृत शरीर गत महिना लाहोरदेखि दक्षिणतर्फ पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो ।

२४ बर्षी इमरान अलीले ती बालिकाको हत्या र बलात्कारमा आफु संलग्न रहेको स्वीकार गरेका थिए ।

अन्य बालबालिकालाई पनि आफुले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका अलीमाथि पञ्जाब सहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com