उपप्रधान र एउटा मन्त्रीमा अडि्कयो फोरमसँग वार्ता

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने वाम गठबन्धनको प्रयासले आइतबार पनि सार्थकता पाउन सकेन । एमाले, माओवादी र फोरमका शीर्ष नेताहरुबीच दुई पटक वार्ता भएको थियो तर, कुनै ठोस सहमति हुन सकेन ।

विहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथ ग्रहणपछि संसद भवनमै वार्ता भएको थियो । फोरमसँग संविधान संशोधनका सन्दर्भमा दुईबुँदे सहमति भए पनि मन्त्रालयको भागबण्डा मिलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार भएको वार्ता सहमति नजिक पुगेको एमालेको दाबी छ । स्रोतका अनुसार फोरमले उपप्रधानसहित तीन मन्त्रालय मागेको छ । तर, प्रधानमन्त्री ओली कुनै हालतमा उपप्रधानमन्त्री नराख्ने र तीन वटा मन्त्रालय पनि नदिने अडानमा छन् ।

फोरमलाई २ मन्त्रालय र एक राज्यमन्त्री दिएर मनाउने वाम गठबन्धनको प्रयास जारी छ । फोरम नेताहरुले उपसभामुख पनि आफ्नो पार्टीले पाउनु पर्ने दाबी गरेका छन् । तर, वाम भागवण्डामा यो एमालेको भागमा परेको छ । त्यसो त उपेन्द्रलाई सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अप्ठ्यारो पारेको चर्चा पनि फोरममा चलेको छ । सहअध्यक्ष समेत रहेका श्रेष्ठ आफू मन्त्री बन्न भगिरथ प्रयत्न गरिरहेका छन् । फोरमबाट दुई मन्त्री हुँदा उपेन्द्र र रेणु यादव वा सरिता गिरीमध्ये एक हुने सम्भावना छ ।

माओवादी केन्द्रले भने फोरम सहमति नआउने भए भोलि नै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाव दिएका छन् । प्रधानमन्त्री ओलीले भने छिट्टै गर्नुपर्छ मात्र भनेका छन् ।फोरमलाई सहभागी गराउने भन्दै एमाले र माओवादीले आफ्ना भागमा परेका मन्त्री पठाएका छैनन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com