शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभर बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले यो चलचित्र इनिसियल रुपमा सफल भएको मान्न सकिन्छ । आइतबारदेखिको व्यापारले चलचित्रको लगानी नेपालबाट उठ्छ या उठ्दैन भन्ने थाहा हुनेछ ।रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ । शुक्रबार यो चलचित्रले ५५ लाख हारहारीको व्यापार गरेको वुझिएको छ ।शनिबार चलचित्रको व्यापार १ करोड वरिपरी हुने आँकलन गरिएको छ । शनिबार देशैभरका मल्टिप्लेक्स र सिंगल हल हाउफूल रहे ।काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको भिड देखियो भने सिंगल हलमा पनि उस्तै क्रेज देखिएको थियो । काठमण्डौ बाहिरका पोखरा, चितवन, इटहरी, धराना, विर्तामोड, दमक, वुटवल, नेपालगञ्ज लगायतका स्टेशनमा चलचित्र हेर्न दर्शक ओइरिएका थिए ।चितवनमा मात्र यो चलचित्रले शनिबार १० लाख वरिपरीको ग्रस कारोबार गर्ने पत्रकार रवि अधिकारीले जानकारी दिएका छन् । शनिबार चलचित्रका मुख्य कलाकार र निर्देशक विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको गोपिकृष्ण हलमा साम्राज्ञी, धिरज, सारुक र रेनशा पुग्दा दर्शक सेल्फीमा रमाए ।हलमा साम्राज्ञी र धिरजको क्रेज राम्रो देखियो । यूवतीहरुमा धिरज लोकप्रिय देखिएका थिए । पहिलो चलचित्रबाट नै धिरजले संभावना देखाएका छन् । साढे २ करोड माथिको लगानीमा बनेको यो चलचित्रले दुई दिनमा डेढ करोड माथिको कलेक्शन गर्ने देखिएको छ ।

English
MTV NEPAL MTVNEPAL


