आरजुलाई नराम्रो भन्नेलाई तरुण दलले नछाड्ने , भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनि

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पु¥याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष विद्वान गुरूङले निकालेको विज्ञप्तिमा ‘राजनीतिक पूर्वाग्रह राखेर उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन तरूण दल सरकार र प्रहरी प्रशासनसँग माग गर्दछ,’ भनेर लेखिएको छ । तरूण दलको आग्रहलाई बेवास्ता गरेमा त्यस्ता गतिविधिका विरूद्ध दल आफैं प्रतिकारमा उत्रने चेतावनीसमेत गुरूङले दिएका छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com