आज नेपाल र हङकङको बीचमा खेल हुँदै

विश्वकप क्रिकेट छनोट अन्तर्गत आजसमूहगत चरणको अन्तिम खेल नेपाल र हङकङबीच  हुँदैछ । समूहगत चरणका अघिल्ला तीन खेलमा लगातार हार खेपेको नेपालसँग सुपर सिक्स चरणमा पुगेर अन्तिम चरणको विश्वकप छनोटमा स्थान पक्का गर्न हङकङलाई ठूलो अन्तरले हराउनुको विकल्प छैन। हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ।

समूहगत चरणको तेस्रो खेलमा शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने लक्ष्य कठिन बनेको थियो। यद्यपि अगाडि बढ्ने झिनो गणितीय सम्भावना बोकेको नेपालका लागि हङकङविरुद्धको खेल गर या मरको अवस्थामा छ। नेपाल समूहको पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग चार विकेटले हारेको थियो।

समह ‘बी’ मा रहेको नेपालले हालसम्म कुनै पनि अंक जोड्न सकेको छैन। यो समूहबाट स्कटल्यान्ड (६ अंक) र जिम्बावे (६ अंक) भने लगातार तीन÷तीन खेल जित्दै सुपर सिक्स चरणमा पुगिसकेका छन्। एउटा समूहबाट तीनवटा टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाल र हङकङकबीचको खेलले समूह ‘बी’ बाट अगाडि बढ्ने तेस्रो टोलीको टुंगो लगाउनेछ। समूहमा चारवटै खेल सकेको अफगानिस्तानको दुई अंक छ। एक खेल खेल्न बाँकी हङकङको पनि दुई अंक छ। रन रेटमा भने हङकङभन्दा अफगानिस्तान अगाडि छ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com