आँखा पाक्ने रोगमा प्रयोग हुने औषधि अभावको खबर झुटो विभाग भन्छ : पर्याप्त मात्रामा औषधि उपलब्ध छ

औषधि व्यवस्था विभागले आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव नरहेको बताएको छ ।

आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

“आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिएको भन्दै उहाँले विभागसंग पर्याप्त मात्रामा आँखा पाक्ने रोगको औषधि ‘आई ड्रप’ रहको बताउनुभयो ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले पनि आँखामा हाल्ने ‘आई ड्रप’को अभाव हुन नदिन विशेष ध्यान दिएको बताउनुभयो । उहाँले मागअनुसार आपूर्ति भइरहेको पनि बताउनुभएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com