लोकप्रिय अनलाईन कम्पनि अमेजनले गत वर्ष सन् २०१६ भन्दा ६० करोड डलर बढि मुनाफा कमाएको छ । अमेजनले गत वर्ष सन् २०१७ मा ३ अर्ब डलर मुनाफा कमाएको छ ।
कम्पनीको सार्वजनिक तथ्यांक अनुसार गत वर्ष अमेजनले कुल १ खर्ब ७७ अर्ब ९० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ३१ प्रतिशतले बढी हो ।
वर्षको अन्तिम तिन महिनामा अनलाइन सपिङमा भएको वृद्धि तथा क्लाउड सर्भिसको माग उच्च हुँदा अमेजनको आम्दानीको दर बढेको हो ।
वर्षको चौथो त्रैमासिकमा कम्पनीको बिक्रिदरमा ३८ प्रतिशतले बढोत्तरी भई ऐतिहासिक ६०अर्ब ५० करोड डलर आम्दानी भएको अमेजनको तथ्यांकले देखाएको छ । उक्त त्रैमासिकमा मात्रै कम्पनीले १ अर्ब ९० करोड डलर मुनाफा आर्जन गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


