अब फेसबुकको न्यूजफिडमा व्यवसायिक पोष्टलाई कम प्राथमिकता

फेसबुकले व्यवसाय, ब्रान्ड र मिडियाका पोस्टहरुलाई कम महत्व दिने गरी आफ्नो न्यूज फिडमा परिवर्तन गर्ने भएको छ ।
फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्नो पेजमा यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकतामा राखिने उल्लेख गरेका छन् ।
यसको परिणामस्वरुप व्यवसायिक संगठनहरुले आफ्नो पोष्टहरुको लोकप्रियता घटेको महसुस गर्ने उनको स्वीकारोक्ति छ ।
आगामी केही हप्ताभित्र नयाँ परिवर्तन लागू भइसक्ने छ । ‘हामीले हाम्रो समुदायबाट के फिडब्याक पायौं भने व्यवसाय, ब्रान्ड र मिडियाका पोष्टहरुले हामीलाई एक अर्कासँग नजिक ल्याउने व्यक्तिगत क्षणहरुलाई ओझेलमा पारिदिए’ जुकरबर्गले लेखेका छन् ।
मानिसहरुको खुशीका लागि फेसबुक उपयोगी छ भनेर सुनिश्चित गर्नु आफूहरुको दायित्व रहेको उनले उल्लेख गरेका छन् । यसअघिको पोष्टमा जुकरबर्गले सन् २०१८ मा फेसबुकलाई ‘ठीक’ बनाउने भन्दै यसको दुरुपयोग रोक्ने प्रतिवद्धता जनाएका थिए ।
फेसबुकलाई देश तथा राज्यहरुबाट जोगाउने पनि उनले बताए । हालैका विश्लेषणहरुले ईंगित गरेका छन् कि रुस लगायतका देशहरुले फेसबुकमा आएका विषयवस्तुलाई तोडमोड गर्ने गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com