अब देवघाटमा पनि विद्युतीय शवदाह गृह बन्ने,

२० माघ, चितवन । चितवनको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रकृया अघि बढेको हो ।

विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । यसका लागि भरतपुर महानगरपालिकाले यसै वर्ष २० लाख रुपैयाँ बजेट छुट्टाएको छ यसै वर्ष शहरी विकास मन्त्रालयले पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको स्रोतले जानकारी दिएको छ ।

देवघाटमा विद्युतीय शवदाह गृह बनाउनको लागि सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भरतपुरको एउटा प्राविधिक टोली काठमाडौं गएर पशुपति क्षेत्रको विद्युतीय शवदाह गृहको स्थलगत निरीक्षण गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषले काठमाडौंको पशुपतिमा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएपछि देवघाट क्षेत्र विकास समितिले पनि देवघाटमा विद्युतीय शवदाह गृह बनाउन चासो दिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com