अफगानिस्तानको होटल १२ घण्टापछि बन्दुकधारीको कब्जाबाट मुक्त ४ अफगानीसहित १४ जना विदेशीको मृत्यू

काठमाडौं, माघ ८ । बन्दुकधारीको कब्जामा परेको अफगानिस्तानको काबुलस्थित इन्टर कन्टिनेन्टल होटल १२ घण्टापछि मुक्त गराएको छ ।

बन्दुकधारीको आक्रमण र होटललाई कब्जा मुक्त गर्ने प्रयासका क्रममा भएको कारबाहीमा १४ जना पर्यटकको मृत्यु भएको छ ।

अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिलासहित चार नागरिक र तीन जना बन्दुकधारीको मृत्यु भएको जानकारी दिएका छन् ।

घटनामा केही व्यक्ति घाइतेसमेत भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

होटलबाट अफगानिस्तानी सेनाले १ सय ६० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकालेको छ ।

होटललाई आफ्नो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई रातभर लागेको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com