अन्तरिम विधान बनाउन वाम गठबन्धन बैठक बस्दै

वाम एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक अहिले केहिबेरमा बस्दैछ ।

दिउँसो साढे १२ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको लागि कार्यतालिका निर्माण गरिन कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले बताए । २५ गतेभित्र एकिकृत पार्टीको लागि अन्तरिम विधान बनाएर पार्टी अध्यक्षहरुलाई बुझाउने गरी मंगलबारदेखि नै तिब्र गतिमा काम अघि बढ्ने भएको छ ।
अन्तिरम विधान निर्माणको लागि यसअघि नै नेताहरुले एक अर्काको अहिलेको विधान केन्द्रदेखि गाउँसम्म भएका कमिटिको अध्ययन गरिसकेका छन् । अन्तरिम विधान निर्माणको लागि माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ, बेदुराम भुसाल, गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको कार्यदल बनाइएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com