नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजिपी नवराज सिलवाल ललितपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित भई सांसद समेत भइसकेका छन् । ठीक यति नै बेला उनको विरुद्धमा दर्ता भएको मुद्धाको पनि यतिबेला चर्चा भइरहेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले भने नवराज सिलवाल र उनका समर्थक पत्रकार समेतलाई तत्काल थुनामा राख्न निर्देशन दिएका छन् । सिलवाल विरुद्ध जाहेरी दर्ता भइसकेको भन्दै बिना अनुसन्धान समातेर थुनामा राख्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा फाँटका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलप्रसाद पाण्डेलाई प्रहरी प्रधान कार्यालय बोलाएर अर्यालले आदेश दिएका हुन्् ।
प्रहरी प्रमुख अर्यालले सिलवाललार्इ पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउका लागि निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।तत्कालीन डिआईजी जयबहादुर चन्द प्रहरी प्रमुखमा सरकारी नियुक्ती भएसँगै असन्तुष्ट बनेका डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएकोमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको इजलासले उनको मागदाबी अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएसँगै हालका प्रहरी प्रमुख प्रकाश अर्याललाई सरकारले नियुक्ती दिएको थियो । सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन र लोक शेवा आयोगले पेश गरेको कार्यसम्पादन मूल्यांकन फरक पर्न गएकोहुँदा सिलवाल बिरुद्ध मुद्दा दायर भएको हो ।हालै नवनिर्वाचित सीलवाल माथी परेको मुद्दा र पक्राउ आदेशले उनी प्रवेश गरेको राजनीतीक पार्टीमा के तरंग ल्याउने हो त्यो हेर्न बाँकि छ ।

Nepali
MTV NEPAL MTVNEPAL


