काठमाण्डौं ,माघ ८ । आजभन्दा १४ वर्ष पहिले वैदेशिक रोजगाारको सिलसिलामा विदेशिऐका धनुषाका ३९ वर्षींय उमेश यादव नेपाल आइपुगेका छन्। उमेश माथि साउदी अरेवियामा पाकिस्तानी सहकर्मीको हत्या आरोप थियो साउदी अरेबियाको अदालतले उमेशलाई मृत्यु दण्डको सजाय तोकेको थियो ।
बुधबार विहान उमेश त्रिभुवन विमानस्थलमा आइपुगेका हुन्। उनको जीवन रक्षाको निम्ति विगत २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमान स्थलमा स्वागत गरेका छन्।
उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो। उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने आदेश अदातले दिएको थियो।
धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश सन् २००६ मा वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका थिए।
गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो।
उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल अघि बढाएका थिए।
अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लडमनी’ को लागि चन्दा संकलन सुरु गरेका थिए। उनले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए।
मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमनी लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ समेत दिएपछि उमेश जेलबाट रिहा भएका थिए।
उनले उमेश फर्के पश्चात चन्दा उठाएको ब्लडमणि लगायतको हरहिसाब सार्वजनिक गर्ने समेत बताए।
‘उमेशले मृत्यु दण्डको सजाय पाउन सक्ने समाचार सुनेपछि मैले उनलाई बचाउने अभियानमा सुरु गरेँ। त्यसको चारमाहिन पश्चात २०१८ अप्रिल १५ मा मात्र जुवेल अदालतले उनलाई मृत्यु दण्डको साजय सुनाएको थियो’, अभियन्ता रायले भने, ‘मैले उनलाई बचाउन कुनै कसर बाँकी राखिन। सबैको सहयोगमा उमेश यादवको जीवन रक्षा सम्भव भएको छ।’
के उमेश यादवको जिवन रक्षा गर्ने दायित्व सामाजिक अभियन्ताहरुको मात्रै हो ? नेपाल सरकारको श्रममन्त्रालय अन्तर्गत बौदेशिक रोजगार वोर्ड को होईन ? वैदेशिक रोजगारमा जाने कामदार सगँ जनही रु १५०० कल्याणकारी कोषमा जम्मा गरेको हालसम्मको अन्दाजि ६ अर्वको कोष बाट रोजगार वोर्डले उमेशलाई बचाउन चाहिएको ३० लाख तिर्न सक्दैनथियो ? आफनै देशको नागरीकको जिवन रक्षा राज्यको दायित्व होईन ? उमेश जस्तै अरुपनि कामदारहरु मलेशिया लगायतका देशमा वन्दी वनाईएका छन । तिनीहरुको उद्दार गर्न सरकार तत्कालै लाग्नु पर्दैन ?

English
MTV NEPAL MTVNEPAL


