मित्र बन्दै प्रियंका र पूजा ।

नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको बताइन् ।पूजाले भनिन्(‘मेरो प्रियंका मनपर्ने नायिका हुन् । यसैले पनि यो चलचित्र हेर्न म आएँ । मलाई यो चलचित्रको कथावस्तुले पनि तानेको हो ।’ पूजाले यसो भन्दै गर्दा प्रियंकाले उनलाई अंकमाल गरिन् र गालामा चुम्बन गरिन् ।नायिका कार्कीले भने आफ्नो कोही नायिकासँग पनि सम्बन्ध नराम्रो नभएको बताइन् । आफूसँग मिल्ने नायिकाहरुको उपस्थित नभएको बिषयमा उनले भनिन्(‘मैले सबैलाई बोलाएको हुँ । कोही आफ्नो कामले पनि नआएका होलान् । म सबैसँग मिल्छु र मेरो कोहीसँग पनि नराम्रो छैन ।’

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com