भारतमा ८ महिने बालिकामाथि बलात्कार

माघ, १६ – भारत उत्तरपश्चिम दिल्लीमा ८ महिने बालिकामाथि बलात्कार भएको छ ।

उत्तरपश्चिम दिल्लीको सकुर बस्ती घर भएकी बालिकालाई उनकै २८ वर्षका काकाका छोराले आइतबार बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बालिकाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । बलात्कारका आरोपीतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दुई बालिकालाई उनीहरुका आमाबुवाले घरमै पररिवारका अरु सदस्यसँग छाडेर काममा गएको थिए ।
बलात्कृत बालिकालाई उनका काकाका छोराले खेल्न लैजाने भन्दै अर्को भवनमा लगेर बलात्कार गरेको हिन्दुस्थान टायम्सले जनाएको छ ।

बालिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । भारतमा पछिल्ला दिनहरुमा यौन दुव्र्यवहार र बलात्कार घटना बढ्दै गएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com