पुस १ इरानमा सरकारी विरोधी प्रदर्शन चर्किदँै गएको छ । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो ।
मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका अधिकांश शहरमा फैलिएको छ । राजधानी तेहरानबाट प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
सन् २००९ मा विवादित चुनावपछि इरानमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार मशहदमा भएको प्रदर्शनको क्रममा प्रहरीले ५२ जनालाई पक्राउ गरेको थियो ।
सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेपनि सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ । इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको जनाईएको छ ।
दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि राष्ट्रपति हसन रुहानी समस्यामा परेका छन् ।

English
MTV NEPAL MTVNEPAL


